आईसिइको थुनामा परेका खलील बाबु भए ,पत्नी डा. नूर अब्दल्लाले पहिलो सन्तान छोरालाई जन्म दिइन्

इनेप्लिज २०८२ वैशाख ९ गते ११:०६ मा प्रकाशित

प्यालेस्टाइनी समर्थक तथा प्रदर्शनकारी महमुद खलील हाल लुजियानाको जेना स्थित आईसिइ (इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट) को हिरासतमा रहेका बेला उनकी पत्नी डा. नूर अब्दल्लाले पहिलो सन्तान जन्माइन्।

खलीलले आफ्ना छोराको जन्ममा उपस्थित हुन दुई हप्ताको अस्थायी रिहाइको निवेदन गरेका थिए। उनका वकिलहरूद्वारा पेश गरिएको बिधुतिय डाक (इमेल)अनुसार उनकी श्रीमतीको प्रसूति “आशा गरिएको भन्दा आठ दिन अघि” भएको थियो।

तर न्यु अर्लियन्स आईसिइ कार्यालयका निर्देशक मेलिसाबी. हार्परले उक्त निवेदन अस्वीकार गरिन्। उनले बिधुतिय डाक(इमेल)मा जवाफमा लेखिन्, “तपाईको मुद्धा समिक्षापछि अस्थायी रिहाइको अनुरोध अस्वीकृत गरिएको छ।”

बच्चाको जन्मपछि डा. अब्दल्लाले सार्वजनिक बयान जारी गर्दै भनिन्, मेरो छोरा र म उनका बाबु महमुद बिना यी महत्वपूर्ण दिनहरू बिताउन बाध्य छौं। आइसिइ र ट्रम्प प्रशासनले हाम्रो परिवारसँग यी अमूल्य क्षणहरू चोरेका छन् ।

अप्रिल ११ मा एक आप्रवासन न्यायाधीशले महमुद खलीललाई अमेरिकाबाट हटाउन सकिने निर्णय सुनाएका थिए। खलीलका वकिलहरूलाई अप्रिल २३ सम्म निर्वासन रोक्न निवेदन मिसिल (फाइल )गर्न अन्तिम समय दिइएको छ। त्यसपछि उनलाई सिरिया वा अल्जेरिया पठाउने आदेश जारी गरिनेछ।

कोलम्बिया विश्वविद्यालयमा स्नातक अध्ययन पुरा गरेका खलील गाजामा जारी युद्धविरुद्धको प्रदर्शनमा नेतृत्वदायी भूमिका निभाइरहेका थिए । बिश्वबिद्यालयको परिसरमा इजरायलको विरोध गरे पछि उनलाई मार्चमा कोलम्बियाको छात्रावासबाट आइसिइले गिरफ्तार गरेको थियो।

प्रतिक्रिया