बेलायतको एक विश्वविद्यालयको परिसरमा खनन गरिरहेका पुरातत्वविद्हरूले सयौं कंकाल र मध्ययुगीन चर्चको अवशेष फेला पारेका छन्। यि पत्ता लगाएका अवशेषहरू अचम्मको रूपमा अनपेक्षित थिए।
यूनिभर्सिटी अफ ग्लोसेस्टरशायर( बिश्वबिद्यालय)ले सन् २०२१ मा अधिग्रहण गरेको नगर हाता “सिटी क्याम्पस” मा यो खोज भएको हो। यो परिसरमा पहिले बिशाल बजार (डिपार्टमेन्ट स्टोर)को भवन थियो, जुन अब विश्वविद्यालयमा रूपान्तरण हुँदैछ।
विश्वविद्यालयले खनन कार्यका लागि कोट्सवोल्ड पुरातत्व संस्थालाई जिम्मा दिएको थियो। उत्खनन क्रममा उनीहरूले सेन्ट आलडेट गिर्जाघर नामक एक पुरानो चर्चको भग्नावशेष फेला पारे, जुन सन् १६५० तिर ध्वस्त पारिएको थियो।
चर्च र वरपरको क्षेत्रबाट ३१७ वटा कंकाल र ८३ वटा ईँटाले बनाइएका गाड्ने कक्षहरू फेला परेका छन्। करिब १५० वटा मध्ययुगीन पछि गरिएका मध्ययुगपछिको अन्त्येष्टि चर्चको आँगनमा भेटिए, जुन कक्षभित्र थिएनन्। अझ गहिरो खनन गर्दा थप १७० पुराना मध्ययुगपछिको अन्त्येष्टिहरू भेटिए, जसलाई मध्ययुगीन गिर्जाघरसँग सम्बन्धित मानिएको छ।
पुरातत्वविद्हरू गिर्जाघर वा गाड्ने स्थानको बारेमा जानकार थिएनन्, त्यसैले यो खोज उनीहरूका लागि आश्चर्यजनक रह्यो। १९५० को दशकमा त्यहाँको गाड्ने कक्षहरू हटाएर बिशाल बजार (डिपार्टमेन्ट स्टोर) बनाइएको थियो।
चर्चको पर्खालमा प्रयोग गरिएको चूनको प्लास्टर अझै बाँकी रहेकोले, उत्खननकर्ताहरूले त्यसलाई मध्ययुगीन गिर्जाघरकै भाग ठानेका छन्।
अहिले मानव अवशेषहरूको अध्ययन सुरु भइसकेको छ। प्रारम्भिक अनुसन्धानले १६औँ शताब्दीमा चिनीको बढ्दो प्रयोगले मानिसहरूको दाँतमा पारेको असर देखिएको छ।
यो उत्खनन गत वर्षका कोट्सवोल्ड पुरातत्व का महत्वपूर्ण खोजमध्ये एक हो। गत जुलाईमा, उनीहरूले एउटा होटलमुनि ६७० ई.सं. सम्मको समयको २४ वटा कंकाल फेला पारेका थिए।
प्रतिक्रिया