गीतकार पुष्पा खनालका दुई गीतहरूको म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०८२ वैशाख ९ गते २१:५९ मा प्रकाशित

काठमाडौँ, वैशाख ९ । कवि तथा गीतकार पुष्पा खनालका दुई गीतहरू ‘एउटा माझी’ र ‘जिउनैपर्छ’ को म्युजिक भिडियो आज सार्वजनिक गरिएको छ ।

पहिलो गीत ‘एउटा माझी’ मा चर्चित गायक तथा सङ्गीतकार नरेन्द्र प्यासीको स्वर रहेको छ जसलाई सरोज कोइरालाले सङ्गीतवद्ध गरेका हुन् । यसको सङ्गीत संयोजन राजेशकुमार श्रेष्ठले गरेका छन् ।

अर्काे म्युजिक भिडियो ‘जिउनैपर्छ’मा भने नरेन्द्र प्यासीको सङ्गीत तथा स्वर रहेको छ । संगीत संयोजन विनोद कुमार भुजेलले गरेका छन ्।

एउटा माझीको भिडियो निर्देशन सिर्जन बराल ऋषिले गरेका हुन् । त्यस्तै ‘जिउनैपर्छ’को भिडिओ निर्देशन सुरेश काफ्लेले गरेका हुन् ।

‘एउटा माझी’मा जिबी चिरण, अनुजा सिंह तथा अञ्जु खड्काको अभिनय देख्न सकिन्छ भने ‘जिउनैपछर्’मा समीर सुवेदी, सन्ध्या क्षेत्री, रविन गिरी र बाल कलाकार रसुफ काफ्लेले अभिनय गरेका छन् ।

‘दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान’ अर्पण कार्यक्रममा गीतहरूको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

दुवै गीतहरू गीतकार खनालको युट्युव च्यानल दीपुष्पा क्रियसन्समा सुन्न÷हेर्न सकिन्छ । खनालले प्रत्येक वर्ष आमाको जन्मदिनको अवसरमा आमाको नाममा स्थापित सम्मान प्रदान तथा आफ्ना गीतहरू सार्वजनिक गर्ने गरेकी छिन् ।

प्रतिक्रिया