२०८२ वैशाख १०, काठमाडौं ।
हेम सरिता पाठक फाउन्डेसनको डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएको भेलाले आगामी कार्यक्रम र योजनाबारे निर्णय गरेको छ । फाउन्डेसनले आगामी २०८२ वैशाख २० गते साङ्गीतिक कार्यक्रमसहित पुरस्कार अर्पण कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा वरिष्ठ सङ्गीतकारहरु प्रेमराजा महत, नारायण रायमाझी, शिशिर योगी, कुन्ती मोक्तान, कृष्ण कँडेल, वी. वी. अनुरागी, नवीन पौडेल लगायतको साङ्गीतिक प्रस्तुति रहने भएको छ ।
विभिन्न जिल्लामा भ्रष्टाचार विरुद्धका गीतहरुको कार्यक्रम आयोजना गर्ने, भ्रष्टाचार विरुद्धको कवितामा चित्रकलाको कार्यशाला र प्रदर्शनी गर्ने, भ्रष्टाचार विरुद्धको विचार गोष्ठीको आयोजना गर्ने, तेह्रथुमको गरीब जेहन्दार विद्यार्थीको लागि वार्षिक २ लाखको व्यवस्था गर्ने जस्ता निर्णयहरु गरेको छ ।
साथै फाउन्डेसनको अन्तर्राष्ट्रिय समिति र नेपाल शाखाको पुनर्गठन पनि गरेको छ । फाउन्डेसनको अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा जेनी पाठक, उपाध्यक्षहरुमा मिनुर श्रेष्ठ, बोनस खनाल र सोनी पाठक, महासचिवमा राधेश्याम लेकाली, कोषाध्यक्षमा विष्णु भेटवाल र सदस्यहरुमा आयाम पौडेल (अस्ट्रेलिया), दिनेश शर्मा (अमेरिका), र विन्धा सिटौला (अस्ट्रेलिया) रहनु भएको छ ।
यसैगरी फाउन्डेसनको नेपाल शाखाको अध्यक्षमा श्रीमान् कार्की, उपाध्यक्षमा दिपक राई, महासचिवमा हितमान तामाङ, सचिवमा समिष्टा प्रसाईं र कोषाध्यक्षमा कमला पाठक चयन हुनुभएको छ ।
यसैगरी कार्यसमितिको सदस्यमा क्रमशः आकाश अधिकारी, कमल रिजाल, तुरुप संग्रौला, दिवश रिजाल, प्रकाश भेटवाल, ज्ञानदेव थापा, युवराज थापा, सुमन पौडेल , सुवास उप्रेती र श्री पंकज भट्टराई चयन हुनुभएको छ ।
भेलामा फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक, पूर्व सचिव देवेन्द्र सिटौला, पत्रकारहरु गोपाल थपलिया, तीर्थ कोइराला, मातृका दाहाल, दीपा दाहाल, संगीतकारहरु शिशिर योगी, बी. बी. अनुरागी, समाजसेवी गोपाल गड्तौला लगायतको उपस्थिति रहेको थियो ।
फाउन्डेसनले एक लाख राशिको “हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१”, एक लाखको “भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता २०८१” र दुई लाख राशिको “टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार २०८१” आगामी २०८२ बैशाख २० गते अर्पण गर्ने भएको छ ।
प्रतिष्ठानले नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । यसैगरी प्रतिष्ठानले बाजुरा र झापा जिल्ला तथा माझी समुदायका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ ।
प्रतिक्रिया