कविता – पुस्तक

इनेप्लिज २०८२ वैशाख १० गते ९:५५ मा प्रकाशित

पुस्तक !
तिमी नहुदाँ
म भुत्ते हुन्थे होला
तिमी नजोडिएको भए
म मात्रै होइन
मेरो जीवन नै निष्कृय हुने थियोे होला

तिमीले
मेरो जीवनमा
साँध नलगाएको भए
मलाई खियाले सिद्धयाउथ्यो
तिमीले नचलाएको,
धार नलगाएको भए
म खिया लागेर मखिन्थिँ र
रछ्यानतिर फालिने थियो !

पुस्तक तिमी !
नभईदिएको भए
जीवनको उज्यालो खोज्न
एक जोर सग्लो
उज्यालो खोज्ने बैशाखीको
सहारा खोज्थें होला

जोरै हात तेर्साएर
भिखारी झैं
ज्ञानको ज्योतिको साहारा
माग्न गाउँ घर जान्थें होला
मेरो स्वार्थको लागि
म नमिलेर
मेरो लागि जमानी बसिदिने
मानिस खोज्दै हिड्थें होला

तिमी
नभईदिएको भए
जीउनुको मज्जा बुझ्न
दुई चार रूपैयाँको लागि
सिङ्गो दिन सिद्याउँदै
चार चौरास भौंतारिन्थें होला
दासत्वभित्र रूमलिएर
छट्पटीको कथाले
मन पोखिने गरि
रूदै हिड्थें होला !

पुस्तक तिमीले दिएको उर्जाले
मलाई गतिवान बनाउछ
तिमीले दिएको सल्लाहले
मेरो बेग बढाउछ
तिमीले सुनाएको
क,ख,राको सुरिलो सङ्गितले
मलाई धारिलो बनाउछ
त्यसैले त
तिम्रो साथ
मलाई सधैं चाहिन्छ ।

सीता ओझा
२०७९/१०/१०

प्रतिक्रिया