हवाई सेवा संचारका क्षेत्रमा बनाईने सार्वजनिक धारणाका सन्दर्भमा विशेष संबाद गर्दै नेपालको पहिलो पाईलट समिट स्काईवेल पाईलट समिट २०२५भब्यताका साथ आयोजना गरियो ।
यात्रा म्यागेजिनको आयोजनामा पाईलट एसोसिएसन अफ नेपालका लागि संचालन गरेको यो पाईलट समिटले नेपालका पाईटहरुलाई एकतृत गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित कसरी बनाउन सकिन्छ र यसमा आम पाईलटले कस्तो भूमिका खेल्न सक्छन् भन्ने पक्षलाई प्रमुख महत्व दिएको थियो । प्यानल डिस्कसनको मोड्रेटरको रुपमा क्याप्टेन विजय लामाले जिम्वेवारी सम्हालेका थिए भने एक्टिभ एअर ट्राफिक कन्ट्रोलर सुस्मिता रावत, रिटायर्ड पाईलट क्याप्टेन रवी कंसाकार, पत्रकार सुरज कुँवर, तथा पर्यटन उद्यमी तथा पाईलट सुनिल शाक्यले प्यानलिस्टको रुपमा सहभागिता जनाएका थिए ।
कार्यक्रममा प्रमुख अथितीका रुपमा माननिय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्री प्रसाद पाण्डेले उपस्थिती जनाउँदै नेपाली आकाशलाई सुरक्षित राख्न पाईलटको भूमिका अहम् रहने पक्षमा जोड दिनुभयो । पाईलट एसोसिएसन अफ नेपालको गठनले एकैठाउँ पाईलटहरुलाई एकताबद्ध भएको देख्न पाउँदा हर्षित भएको बताउने मन्त्री पाण्डेले यो नेपाली एसोसिएसन चाँडै इन्टरनेसनल फेडेरेसन अफ एअरलाईन पाईलटस् एसोसिएसनको सदश्य बनेको हेर्न पाउने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेष अथितीका रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट सहभागिता जनाउँदै प्राधिकरणका उपमहानिर्देशक श्री देव चन्द्र लाल कर्णले पाईलटहरुको यो एकता देशको हवाई उड्डयन सुरक्षा अभिबृद्धि गर्न सार्थक बन्ने विश्वास राख्दै यस क्षेत्रको विकास र विस्तारमा थप सृजनशील बन्न आग्रह समेत गर्नुभयो ।
आयोजित समारोहमा नेपाली पाईलटहरुको छाता संगठन पाईलट एसोसिएसन अफ नेपालको औपचारीक घोषणा गरिएको थियो । बुद्ध एअरमा कार्यरत पाईलट क्याप्टेन लेखनाथ पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय एशोसिएसनको घोषणा यसै समारोहमा गरिएको हो । नव गठित एसोसिएसनको उपाध्यक्षमा क्याप्टेन सागर गजुरेल, माहसचिवमा क्याप्टेन दिनेश बोगटी, कोषध्यक्षमा विक्रान्त काफ्ले, सचिवमा नाजिर उदेन शेख र सदस्यहरुमा क्याप्टेन रविन्द्र डंगोल, क्याप्टेन सुरज भण्डारी, मेनित केसी, शिब पौडेल, अभिनन्दन खड्का र क्याप्टेन किस्मत पछाई छन् ।
समिटको टाईटल स्पोन्सरको रुपमा रहेको स्काईवेलका तर्फबाट आधिकारीक विक्रेता तथा आयातकर्ता जि. मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले यो सहकार्यको खुलेर प्रसंसा मात्र गरेनन् यो साथ र पारस्परीक सहयोग दिगो बन्ने बनाउने कामना समेत गरे ।
आयोजित कार्यक्रममा क्याप्टेन सुरज भण्डारीले एसोसिएसनको बार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरे भने हरेक बर्ष पाईलट समिट आयोजना गर्ने बाचाका साथ कार्यक्रमको औपचारीक समापन गरिएको थियो । होटल मल्लमा १९ अप्रिलमा आयोजित कार्यक्रमा २५० भन्दा बढी पाईलट र सय भन्दा वढीउड्डयन तथा पर्यटनकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रम किस्मत पछाईको धन्यवाद ज्ञापनसहित सम्पन्न भयो । उनले कार्यक्रममा सहयोग गर्ने सबै प्रायोजकहरू र साथ दिने व्यक्तिहरूलाई हार्दिकधन्यवाद व्यक्त गरे । यो यात्रा केवल सुरूवात मात्र भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र सक्रिय सहभागिताको अपेक्षा गरे ।
उनले भने, “आउनुहोस्, हामी सबै मिलेर संघको मूल नारा आकाशमा एकता, जमिनमा प्रगती — साकार पारौं । जसले नेपाली आकाशलाई अझ सुरक्षितबनाउनेछ र पाइलट समुदायको हितमा काम गर्नेछ ।”
प्रतिक्रिया