युरोपेली संघले आफ्नो ऐतिहासिक अङ्किय (डिजिटल) प्रतिस्पर्धा कानुन अन्तर्गत पहिलोपटक कार्यान्वयन गर्दै अमेरिकी प्रविधि प्रतिष्ठानहरू एप्पल र मेटालाई संयुक्त रूपमा ७९७ मिलियन अमेरिकी डलर (७०० मिलियन युरो) जरिवाना गरेको छ।
युरोपेली आयोगका अनुसार, एप्पललाई ५७० मिलियन डलर (५०० मिलियन युरो) र मेटालाई २२८ मिलियन डलर (२०० मिलियन युरो) जरिवाना गरिएको हो।
डिजिटल मार्केट्स एक्ट (अङ्किय बजारीकरण ऐन )उल्लंघन गरेको ठहर गर्दै गरिएको यो कारवाहीलाई ट्रम्प प्रशासनले अमेरिकी प्रतिष्ठानहरूलाई निसाना बनाइएको भन्दै आलोचना गर्दै आएको छ।
युरोपेली आयोग जसले युरोपेली संघको कार्यकारी अंगको भूमिका खेल्छ जसले यस कदममार्फत डिजिटल बजारमा निष्पक्ष प्रतिस्पर्धा कायम गर्ने सन्देश दिएको छ।
यो कारवाहीले युरोप र अमेरिका बीचको प्रविधि सम्बन्धमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।
प्रतिक्रिया