भर्जिनियाको विद्यालयमा किशोरमाथि छुरा प्रहार: एक गम्भीर घाइते, अर्का पक्राउ

इनेप्लिज २०८२ वैशाख १० गते १६:५२ मा प्रकाशित

भर्जिनियाको फेयरफ्याक्स काउन्टीस्थित वेस्ट पोटोम्याक हाई स्कूल( माध्यमिक विधालय) मा बुधबार एक किशोरमाथि छुरा प्रहार भएको छ । पीडित गम्भीर घाइते भएका छन् भने अर्का किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेयरफ्याक्स काउन्टी प्रहरीले बताएअनुसार पीडितलाई खतरापूर्ण अवस्थामा अस्पताल लगिएको थियो । हाल उनको अवस्था स्थिर रहेको जनाइएको छ । पक्राउ परेका किशोर पुरुष भएको र घटनास्थलबाट छुरा बरामद गरिएको छ ।

विद्यालयभित्र दुई विद्यार्थीबीच भनाभन भएको र त्यसपछि विवाद हिंसात्मक बनेको अनुसन्धानबाट खुलेको छ ।

विद्यार्थीहरूमाझ फैलिरहेका श्रव्यदृश्य( भिडियो) र तस्वीरहरूले घटनाको भयावहता देखाउँछन्—एक तस्वीरमा रक्ताम्मे किशोर भुइँमा लडिरहेका छन् भने वरिपरि विद्यार्थी र वयस्कहरू उभिएका छन् ।

प्रहरीका अनुसार झगडाको मुख्य आक्रमणकारीले नै सबैभन्दा धेरै चोट बेहोरेका छन् ।

विद्यालयले यो घटना एक्लो भएको बताउँदै अहिले कुनै खतरा नरहेको जनाएको छ ।

प्रतिक्रिया