चीनका एक वरिष्ठ अधिकारीले बिहीबार स्पष्ट रूपमा वाशिङ्टन र बेजिङ्ग बीच भन्सार कर (ट्यारिफ)सम्बन्धी वार्ता भइरहेका भन्ने दावीहरू “सबै झूट समाचार” भएको बताएका छन् ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, “अहिलेसम्म दुवै पक्षबीच भन्सार कर (ट्यारिफ)का विषयमा कुनै पनि किसिमको वार्ता वा परामर्श भएको छैन।” यदि अमेरिका बराबरी र पारस्परिक सम्मानको आधारमा आउन चाहन्छ भने चीन वार्ताका लागि तयार हुन सक्ने उनले संकेत गरे ।
गुओको यो भनाइले पछिल्ला दिनहरूमा अमेरिकी संचार माध्यम (मिडिया)मा चलेका ती समाचाहरूलाई खारेज गरेको छ । चीनले अमेरिका र चीन बीच आयात शुल्क (ट्यारिफ) घटाउने विषयमा गोप्य वार्ता भइरहेको भन्ने समाचारहरु अस्विकार गरेको छ ।
व्यापार युद्ध र कर शुल्कका कारण पछिल्ला वर्षहरूमा अमेरिका-चीन सम्बन्ध तनावपूर्ण बनेको छ। विशेष गरी ट्रम्प प्रशासनकालमा थालिएको शुल्क नीतिले दुवै देशको व्यापारमा ठूलो असर पारेको थियो।
चीनको यो प्रतिक्रिया सिधै अमेरिकी धारणा र संचार माध्यमको समाचारमाथिको अस्वीकृति हो । यसले आगामी दिनमा व्यापार वार्ताको सम्भावना झनै अनिश्चित बनाएको छ। तर चीनले “बराबरीको आधारमा”*वार्ताको संकेत दिएको हुनाले भविष्यमा पुनः संवाद खुल्ने आशा भने बाँकी छ ।
प्रतिक्रिया