एक अमेरिकी सेनाका पूर्व गुप्तचर विश्लेषक कोर्बिन शुल्ट्जलाई चीनसँग सम्बन्धित व्यक्तिलाई संवेदनशील सैन्य जानकारी बेचेको अभियोगमा ७ वर्षको कारागार सजाय सुनाइएको छ।
२५ बर्षिय शुल्ट्जले २०२४ को अगस्तमा राष्ट्रिय सुरक्षा सम्बन्धी जानकारी संकलन र पठाउने षड्यन्त्र, नियन्त्रित सूचना चीनमा गैरकानुनी रुपमा पठाउने, र घूसस्वरूप ४२,००० डलर लिएको अभियोग स्वीकार गरेका थिए।
उनले २०२२ को मे देखि २०२४ को मार्चसम्म कम्तीमा ९२ वटा अत्यन्त संवेदनशील अमेरिकी सैन्य दस्तावेजहरू चीनमा रहेका एक व्यक्तिलाई उपलब्ध गराएका थिए, जसलाई उनी चिनियाँ सरकारसँग सम्बन्धित ठान्थे। ती दस्तावेजहरूमा एचएह-६० ,उदाग्र बिमान (हेलिकप्टर) एफ-२२ए ,युद्ध विमान, अन्तरमहाद्वीपीय क्षेप्यास्त्र प्रणाली, ताइवानको रक्षा रणनीति, र अमेरिकी उपग्रह तथा क्षेप्यास्त्र प्रणाली सम्बन्धी गोप्य विवरणहरू समेटिएका थिए।
शुल्ट्जले ती सामग्रीहरू प्रदान गरेबापत पैसा पाएका थिए, र ती व्यक्तिको सियुआई वा अझ माथिको स्तरको सामग्री खोज्न निरन्तर दबाब थियो। उनले अमेरिकी गुप्त प्रणालीहरूबाट सूचना अधोभारण (डाउनलोड )गर्दै ती पठाएका थिए। शुल्ट्जले अर्को गुप्तचर विश्लेषक साथीलाई पनि यस षड्यन्त्रमा सामेल गराउन प्रयास गरेका थिए ।
अमेरिकी न्याय विभाग र एफबीआईले शुल्ट्जको कडा आलोचना गरेका छन् ।
प्रतिक्रिया