राष्ट्रपति ट्रम्पद्वारा कीभमाथिको रुसी आक्रमणको कडा विरोध, आक्रमण तुरुन्त रोक्न आग्रह 

इनेप्लिज २०८२ वैशाख ११ गते १४:१५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी आक्रमणप्रति असन्तोष व्यक्त गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई कीभमाथिको आक्रमण तुरुन्त रोक्न आग्रह गरेका छन्। सामाजिक सॅजाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भने, “म कीभमाथिको रुसी आक्रमणबाट खुसी छैन। यो आवश्यक छैन, र समय पनि धेरै खराब छ। भ्लादिमिर, रोक! हप्तामा ५००० सैनिकहरू मर्नु दुःखद छ। शान्ति सम्झौता गरौं!”

ट्रम्पको यो टिप्पणी त्यस्तो समयमा आएको हो जब उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीमाथि अमेरिकी शान्ति प्रस्ताव अस्वीकार गरेर युद्ध लम्ब्याएको आरोप लगाएका थिए। 

सिएनएनका अनुसार ट्रम्पले जेलेंस्कीलाई पुटिनभन्दा ‘सम्भाल्न कठिन’ भन्दै आलोचना गरे। “हामीसँग रुससँग सम्झौता हुनसक्छ, तर जेलेंस्कीसँग सम्झौता गर्न गाह्रो भइरहेको छ,” ट्रम्पले ओभल कार्यलयमा भने।

केही घण्टापछि रुसले कीभमाथि नौ महिनामा सबैभन्दा प्राणघातक आक्रमण गर्‍यो ।जसमा कम्तीमा ९ जनाको मृत्यु भएको युक्रेनी अभियोजन कार्यालयले जनाएको छ।

जेलेंस्कीले आक्रमणको कारण अमेरिकामाथि दबाव सिर्जना गर्न गरिएको बताए। “यो आक्रमण अत्यन्तै जटिल थियो,” उनले दक्षिण अफ्रिकाबाट भने।

प्रतिक्रिया