राजतन्त्र पाखण्डी सिद्धान्त प्रधानमन्त्री ओली

बेद प्रसाद घिमिरे २०८२ वैशाख ११ गते २३:३२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रलाई वैज्ञानिक आधार नभएको पाखण्डी सिद्धान्त रहेको टिप्पणी गरेका छन्। एमालेले बिहीबार काठमाडौँमा आयोजना गरेको युवा उत्सव(युथ सेलेब्रेसन)लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘कुल घरानाका आधारमा, जन्मका आधारमा वैज्ञानिक आधार कुनै नभएको अवैज्ञानिक एउटा पाखण्डी सिद्धान्तका आधारमा शासन गर्न खोज्ने सामन्ती युगलाई फेरि फर्काउने आवाज पनि कता कता सुनिन थालेका छन्,’ प्रधानमन्त्री ओलीले भने।

देशमा लोकतन्त्र नमान्ने, संविधान नमान्ने, जनताको बलिदानको अपमान गर्ने, सङ्घर्षको अपमान गर्ने, सफलतालाई अस्वीकार गर्ने र त्यसलाई मजाक उडाउने काम भएको पनि प्रधानमन्त्री ओलीले बताए।

‘प्रतिगमनतिर देशलाई लैजानको लागि जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने, व्यक्तिका घरहरू, पार्टीका कार्यालयहरू, व्यापारिक प्रतिष्ठानहरू, मिडियाका कार्यालयहरूमा आक्रमण भएको छ,’ उनले भने, ‘यसरी जङ्गली होइन, राक्षसी प्रवृत्ति देखाएर फेरि जनतामाथि यिनले कस्तो शासन थोपर्न खोजेका हुन्? कुन ताना शाह ल्याउन खोजेका छन् भन्ने स्पष्ट देखिएको छ।थप भिडियोमा

प्रतिक्रिया