संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले शुक्रबार मिल्वाकी काउन्टी सर्किट( क्षेत्रिय )अदालतकी न्यायाधीश हान्ना डुगानलाई पक्राउ गरेको छ।
एफबीआई निर्देशक काश पटेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै न्यायाधीश डुगानले एक अवैध आप्रवासीलाई पक्राउबाट बचाउन सहयोग गरेको आरोप लगाएका छन्।
सीएनएनसँग कुरा गर्ने एक कानुनी अधिकारीका अनुसार डुगानमाथि दुईवटा अभियोग लगाइएको छ । एउटा पक्राउमा अवरोध पुर्याएको र अर्को सो व्यक्तिलाई लुकाएकोमा आरोप लगाईएको छ ।
काश पटेलको (हाल मेटाइएको) प्रकाशन(पोस्ट) भनिएको थियो, “हामीलाई विश्वास छ ,न्यायाधीश डुगानले आफ्नो अदालतमा पक्राउ गरिन लागेका अवैध आप्रवासी एडुआर्डो फ्लोरेस रुइजलाई बचाउन जानीजानी संघीय गुप्तचरहरुलाई भुलाउने प्रयास गरिन्। यद्यपि, हाम्रो टोलीले पैदल खेदेर पक्राउ गर्यो । उनी अहिले हिरासतमा छन्, तर न्यायाधीशको हस्तक्षेपले जनसुरक्षामा जोखिम बढाएको छ।
डुगानलाई शुक्रबार बिहान ८:३० बजे आफ्नै कार्यस्थल, स्थानीय अदालत परिसरमा अमेरिकी मर्शल सेवाद्वारा पक्राउ गरिएको हो। उनी अहिले संघीय हिरासतमा छिन् । पूर्वी विस्कन्सिन जिल्लाको संघीय अदालतमा पेश गरिनेछ।
अहिलेसम्म पक्राउ पूर्जी(वारन्ट) र आपराधिक उजुरी सार्वजनिक गरिएको छैन।
यस घटनालाई ट्रम्प प्रशासनले आप्रवासन कार्यान्वयनमा अदालतहरूको भूमिकामाथि कडा निगरानीको संकेतका रूपमा लिएको छ।
न्याय विभागले आप्रवासन मामिलामा संघीय निकायलाई सहयोग नगर्ने कुनै पनि स्थानीय अधिकारीमाथि अनुसन्धान गरिने भनि पटक पटक चेतावनी दिदै आएको छ।
प्रतिक्रिया