अनेकौ पिडा कष्ट सहेर, यस धर्तीमा तिमीलाई ल्याउँछु म
तिम्रो रोदन हासो संगसंगै, त्यसैमाआफुलाई ढाल्छु म
तिम्रा कलिला हातहरु समाएर, यस धर्तीमा तिमीलाई डोर्याउछु म
अनेकौ सुन्दर कथा सुनाएर, सुन्दर सपनामा लान्छु म।
तिम्रा चाहनाका खेलहरु खेलेर, तिमीसंगसंगै रमाउछु म
तिम्रै सधै ख्याल गरेर, आफैलाई सधै भुल्छु म
तिमीलाई अनेकौ पाठहरू सिकाएर, असल शिक्षिका बन्छु म
तिम्रो स्वास्थ्यको ख्याल गरेर, घरको डाक्टर पनि हुन्छु म।
तिम्रो उन्नति प्रगतिको लागि, सधै तत्पर हुन्छु म
तिम्रो सफल जिबनको लागि, भगवानसँग आशिष माग्छु म
तिम्रो सुख खुशी देख्दा, हर्षले बिभोर हुन्छु म
तिम्रो उदाशीन अनुहार देख्दा, भित्रभित्रै रुन्छु म।
कहिले तिम्रो मेरो मतभिन्नता देख्दा, समयलाई दोष दिन्छु म
उहिलेका कुरा खुइलिए भनि, आफैमा चित्त बुझाउछु म
कहिले तिमीलाई बुझाऊन नसक्दा, आफ्नै मनलाई बुझाऊछु म
अनि बिगतका कुरा सम्झिएर,आफैभित्र आफुलाई खोज्छु म।
रजनी (कन्चन) मल्ल।
प्रतिक्रिया