रुसमा शक्तिशाली विस्फोटमा मारिएका वरिष्ठ सैनिक अधिकारीका संदिग्ध पक्राउ परेको रुसी दाबी

इनेप्लिज २०८२ वैशाख १४ गते ११:३५ मा प्रकाशित

रुसी अधिकारीहरूले एक “युक्रेनी विशेष सेवाका गुप्तचर ” लाई एक चार चक्के सानो सवारी साधन (कार )विस्फोट घटनासँग सम्बन्धित रहेको आरोपमा पक्राउ गरेको बताएका छन्। सो विस्फोटमा रुसी सैनिकक रथी यारोस्लाभ मोस्कालिकको शुक्रबार मृत्यु भएको थियो।

रुसी संघीय सुरक्षा सेवाका अनुसार पक्राउ परेका व्यक्तिले मस्कोबाट २० माइल पूर्वमा पर्ने बालाशिखामा विस्फोट भएको गाडी किनेका थिए। यद्यपि, पक्राउ परेका व्यक्तिको राष्ट्रियता अझै स्पष्ट छैन तर उनीसँग युक्रेनको बसोबास अनुमति रहेको जनाइएको छ।

रुसी संघीय सुरक्षा सेवाले उनले गाडीमा विस्फोटक पदार्थ राखेको आरोप लगाएका छन् । बिस्फोट युक्रेनबाट टाढै बसेर गराइएको थियो। रुसी संचार माध्यम टास द्वारा सार्वजनिक गरिएको श्रब्यदृश्य (भिडियो)मा जलेका बिधुतिय उपकरणहरू र गाडीका अवशेष देखाइएको छ। अनुसन्धान समितिले यसअघि विस्फोटलाई छर्राले भरिएको आत्मसज्जित विस्फोटक उपकरणद्वारा गराइएको पुष्टि गरेको थियो।

सैनिक रथी मोस्कालिक रुसी सशस्त्र बलको मुख्य सैन्य योजना टोलीको मुख्य संचालन निर्देशनालयका उपप्रमुख थिए। रुसी सैन्य राइबारका अनुसार, विस्फोट हुँदा मोस्कालिक सो गाडीभित्र थिएनन् तर नजिकै थिए।

रुसी अधिकारीहरूले सार्वजनिक गरेका तस्वीरहरूमा पक्राउ परेका व्यक्ति एक हरियो भोक्सवागन गाडी चलाइरहेको देखिन्छ, जसको दर्ता संख्या घटनास्थलमा भेटिएको पाता (प्लेट)सँग मिलेको सिएनएनले जनाएको छ ।

टासको श्रब्यदृश्य (भिडियो)मा उक्त व्यक्ति पक्राउ परेपछि आफूलाई युक्रेनी विशेष सेवाले कसरी भर्ती गरेको भन्ने बयान दिएको देखिन्छ। यद्यपि त्यो बयान दबाबमा दिइएको हो कि होइन भन्ने प्रष्ट छैन। यो विस्फोटको जिम्मेवारी हालसम्म कसैले लिएको छैन।

मोस्कालिकको मृत्यु भएकै दिन अमेरिकी विशेष दूत स्टीभ विटकोफले क्रेमलिनमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्यका प्रयासमा छलफल गरेका थिए।

प्रतिक्रिया