आमा

स्मृति राठौर काठमाण्डाै, नेपाल २०८२ वैशाख १४ गते ११:४३ मा प्रकाशित

संसारकै मिठो बोलि र सफा शुद्ध मन भएकी आमा

दुखमा साथ दिने आमा र

सुखमा हाँसी रमाइदिने आमा।

अश्रुको सागर पन्छाएर,

सपनाको झिलमिल उज्यालो देखाउने आमा ,

न्यानो काख र मायाको चुलो,

जीवनको पहिलो देवता आमा।

थकाइ नमानी काम गर्ने,

मुटु भित्रै धड्कने आमा

सपना बुनेर हुर्काउने र

जीवनको आधार बनाउने आमा

आफू भोकै बसेर सन्तानलाई पेटभरी खुवाउँने आमा

आफू थकित भएर नि सधैं हाँसेर बोलाउँने आमा ,

आफ्ना सपना भुलेर आफ्ना सन्तानकाे सपना सजाउने आमा ,

संसारकै सबैभन्दा निःस्वार्थ रूपमा दिईरहने आमा,

आफू घरकाे दास दासी जस्ताे भएर आफ्नाे छाेराछाेरीलाई महाराजा महारानि बनाएर राख्ने आमा,

आमा त केवल शब्द होइन, यिनि भावनाको सागर हुन्,

त्यसैले हरेक बच्चाबच्चीले आफ्नी आमाहरुलाई कदर र माया गराै र बुढेसकालमा साथ सहयाेग दिने गराै।।

स्मृति राठौर

काठमाण्डाै, नेपाल

प्रतिक्रिया