राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले वर्तमान सरकार अझै धेरै गिरेको देख्न बाँकी रहेकाले यो सरकार अहिले ढल्न नहुने बताएका हुन् ।
‘गठबन्धन ढल्न हुँदैन । गठबन्धनले यसरी नै काम गरिरहनुपर्छ भन्ने हाम्रो कामना छ । अझै धेरै हामीले देख्न बाँकी छ, हामी हेर्न चाहन्छौं, अझैं धेरै गिर्न बाँकी छ । हामी देख्न चाहन्छौं, त्यसैले गर्दा पनि यो गठबन्धन टिकिरहोस्, नढलोस्,’– उनले भने ।
वर्तमान सरकार बन्नुको उद्देश्य अहिलेसम्म आइसक्दा पुष्टि भइसकेको उनले बताए । कुलमान घिसिङजस्तो काविल प्रशासक हटाउन, संसद्को चौथो ठूलो दलका नेतालाई सहकारीमा फसाएर सहकारी ठगी प्रकरण सामसुम पार्न, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहजस्ता युवाको उछितो काड्न यो सरकार बनेको भन्ने पुष्टि भइसकेको उनले बताए ।
प्रतिक्रिया