आइतवार बिहान युक्रेनले रातभरिमा रूसले देशमा १४९ वटा ड्रोन ( मानवरहित यान) प्रक्षेपण गरेको जनाएको छ ।
यो व्यापक आक्रमण केही घण्टा अघि मात्र राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भेटिकन शहरमा पोप फ्रान्सिसको अन्त्येष्टिमा भएको भेटपछि भएको हो।
युक्रेनी वायुसेनाले टेलिग्राममार्फत जानकारी दिँदै ५७ ड्रोन( मानवरहित यान)हरू खसालिएको र ६७ वटा मानव रहित
यान उडानमै हराएको जनाएको छ।
आक्रमणका कारण झाइटोमिर, ओडेसा, डोनेट्स्क, सुमी र चेरकासी लगायत गरी छ क्षेत्रहरूमा क्षति पुगेको वायुसेनाले उल्लेख गरेको छ।
अर्को प्रकाशनमा वायुसेनाले गत हप्ताको तथ्यांक सार्वजनिक गर्दै रूसले ४८ विभिन्न प्रकारका क्षेप्यास्त्रहरू र ४४२ आक्रमणकारी मानवरहित यानहरु प्रयोग गरेर युक्रेनमा हमला गरेको बताएको छ।
त्यसैबीच, रुसी रक्षा मन्त्रालयले पनि रातभरिमा आठ युक्रेनी मानवरहित यानहरु खसालेको दाबी गरेको छ।
यो आक्रमण रुसी सीमापार आक्रामकताको एक दशकभन्दा बढी लामो इतिहासको पछिल्लो अध्याय बनेको छ।
प्रतिक्रिया