अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)को अध्यक्षमा कामना पन्थी अधिकारी सहित नयाँ समिति गठन

इनेप्लिज २०८२ वैशाख १४ गते २२:५८ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको मनासस शहरमा स्थापित अमेरिकाकै अत्यन्तै क्रियाशील सँस्था मध्ये कै एक अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)को अध्यक्ष पदमा कामना पन्थी अधिकारी निर्वाचित भएकी छिन ।

आज भएको सातौ साधारण सभाले उनलाई अनुमोदन गरेको हो ।

पन्थीले संस्थामा २ पटक समितिमै काम गरि सकेकी छिन् भने उनि पेशाले सौन्दर्यविद ( ब्युटिसियन)हुन् । उनि अहिले पनि वरिष्ठ उपाध्यक्ष हुन् । अहिले पनि पदमा पनि सक्रिय रुपमा स्वयम् सेवक रुपमा काम गर्दै आएकी उनि सहित १३ जना नयाँ कार्यकारी समितिमा सदस्यहरु निर्वाचित भएका छन् । निर्वाचन समितिले जनाए अनुसार सबै पद निर्बिरोध भएको हो ।

निर्वाचित भएता पनि अर्को सूचना जारी गरि नयाँ समितिलाई आफ्नो कार्यभार हस्तान्तरण गर्ने भएको निर्वाचन समितिका कमल भट्टराईले ईनेप्लिजलाई बताए । पूर्व अध्यक्ष तथा निर्वाचन समितिको तर्फबाट उनले सबै नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ दिलाएका थिए ।

नया कार्यसमितीमा निम्न पदाधिकारीहरुमा क्रमस अध्यक्षमा कामना पन्थी अधिकारी ;वरिष्ठ उपाध्यक्षः प्रकाश सुबेदी ,उपाध्यक्षमा तनुजा पोख्रेल महासचिवमा बिष्णु न्यौपाने , सचिवमा काशी खड्का तथा कोषाध्यक्षमा ध्रुव प्रसाद बराल निर्वाचित भएका छन् ।

यसै गरि कार्यकारी सदस्यहरुमा क्रमस राजु कार्की , अनु पाण्डे ,प्रतिमा भण्डारी अधिकारी , मधुराम केसी , राधिका रिजाल कंडेल , सृजना पुडासैनी तथा शिव सुबेदी निर्वाचित भएका छन् ।

अमेरिका नेपाल सहयोगी समाज अमेरिकाकै नेपाली समुदायको अत्यन्तै क्रियाशील तथा चर्चित संस्था हो । समुदायमा अत्यन्तै राम्रो सेवा गर्दै आएको यो संस्थाले विभिन्न कार्यक्रमहरु निरन्तर गरि रहेको छ ।

सन् २०१५ मा नेपालमा गएको भूकम्पमा अद्वितीय भूमिका निर्वाह गरेको थियो । अमेरिकामै तीज कार्यक्रम सर्वाधिक रुपमा सबै भन्दा ठूलो र भब्य रुपमा स्थापना काल देखि नै मनाउदै आएको छ ।

सातौ साधारण सभामा शुभकामना दिने अतिथिहरुमा क्रमस आरती सिग्देल ,निलकण्ठ सुबेदी , विजय थापा ,शिव लामिछाने ,भिम रेग्मी तथा जगन्नाथ पौडेल रहेका थिए । मातातिर्थ औसीको अवसरमा पौडेलले आमा कविता र भिम रेग्मीले पनि कविता वाचन गरेका थिए ।

शिव लामिछानेले जीवन बिज्ञानको आगामी जुलाईमा हुने कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बीच बीचमा नृत्य प्रस्तुति गरिनुको साथै महासचिव,कोषाध्यक्ष,विधान संसोधन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली दुताबासका आर्थिक सल्लाहकार युगराज पाण्डेले प्रमुख अतिथिको मन्तब्यको साथै एएनएचएसका बोर्ड अफ ट्रस्टीका अध्यक्ष केदार तिमिल्सिनाले बोलेका थिए । कार्यकमको सभापतित्व संस्थाकी अध्यक्ष जानुका ओझाले गरेकी थिइन् । उनले आफ्नो छोटो मन्तब्य राख्दै संस्थापाक अध्यक्ष सागर कंडेलको समेत सन्देश पढेर सुनाईन ।

प्रतिक्रिया