अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पुनः रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आक्रोश व्यक्त गर्दै युक्रेनको राजधानी कीभमाथि क्षेप्यास्त्र आक्रमण गरेकामा गहिरो असन्तोष जनाए। उनले पुटिन साँच्चिकै युद्ध अन्त्य गर्ने चाहनामा छन् कि छैनन् भन्नेमा अझै शंका रहेको बताए।
युक्रेनका राष्ट्रपतिसँगको भेटघाट पछि उनले भने “मलाई लाग्छ बैठक राम्रै भयो। अब केही दिनभित्र के हुन्छ, हेरौंला। हामी धेरै कुरा थाहा पाउनेछौं। तर मलाई निकै दुःख लाग्यो ,रूसबाट फेरिक्षेप्यास्त्रहरू उडे,” ट्रम्पले न्यू जर्सी प्रस्थान गर्दा भने।
ट्रम्पले पुटिनले अब युद्ध अन्त्य गर्न स्पष्ट प्रतिबद्धता देखाउनुपर्ने बताए।
म चाहन्छु अब उनले आक्रमण गर्न बन्द गर्नु पर्छ, बसेर सम्झौतामा हस्ताक्षर गर्नु पर्ने कुरामा ट्रम्पले जोड दिए। हामीसँग एउटा सम्झौताको खाका तयार छ जस्तो लाग्छ । र ,म चाहन्छु उसले छिटो त्यसमा हस्ताक्षर होस् ,सबै कुरा सकियोस् र जीवन सामान्य बनोस्।
ट्रम्पको यो सन्देशले रूस–युक्रेन युद्धमा नयाँ मोड आउने संकेत दिएको छ।
प्रतिक्रिया