अमेरिकी नागरिक तीन साना बालबालिका आमा सहित जबर्जस्ती देश निकाला, एक अबुर्द रोग (क्यान्सर) पीडित

इनेप्लिज २०८२ वैशाख १५ गते १०:०५ मा प्रकाशित

वकिल र नागरिक अधिकार समुहहरूका अनुसार तीनजना अमेरिकी नागरिक बालबालिका सहित जसमा एक अबुर्द रोग (क्यान्सर )पीडित समेतलाई आफ्नी आमासँगै गत हप्ता होन्डुरस देश निकाला गरिएको छ ।

अमेरिकन नागरिक स्वतन्त्रता संघ र राष्ट्रिय अध्यागमन परियोजनाका अनुसार एउटा घटनामा दुई वर्षीय बालक र अर्काे घटनामा चार र सात वर्षीय दुई बालबालिका आफ्नी आमासँग देश निकाला गरिएका छन्। ती परिवारहरू लुजियानामा नियमित जाँचमा गएका बेला गिरफ्तार भएका थिए।

वकिलहरूले भनेका छन्, ट्रम्प प्रशासनको आप्रवासन कडाइबीच यस्ता कारवाहीहरूले उचित कानुनी प्रक्रियाको गम्भीर उल्लंघन देखाएको छ। “हामी वास्तविक समयमा संविधानिक अधिकारहरू मेटिएको देखिरहेका छौं,” राष्ट्रिय आप्रवासन परियोजनाकी वकिल ग्रेसी विलिसले भनिन्।

सिएनएनका अनुसार, दुई वर्षीय बालिका भिएमएल आफ्नी आमा र ११ वर्षीय दिदीका साथ नियमित जाँच गर्न जाँदा पक्राउ परेकी थिइन्। संघीय अदालतमा दर्ता गरिएको आपतकालीन निवेदनमा एक न्यायाधीशले “अमेरिकी नागरिकलाई देश निकाला गर्नु अवैधानिक र असंवैधानिक हो” भन्दै १६ मे मा सुनुवाइ तोकेको जानकारी दिएका छन्।

त्यस्तै, दोस्रो घटनामा पनि दक्षिण लुजियानामा बसोबास गर्दै आएकी अर्की आमा, आफ्ना दुई बच्चा र राहदानी लिएर प्रवेश गर्दा २०–३० मिनेटमै हिरासतमा परेकी थिइन्। वकिल एरिन हेबर्टका अनुसार अधिकारीहरूले उनीहरूलाई कहाँ लगिएको भन्ने जानकारी समेत दिएका थिएनन् ।

प्रतिक्रिया