ह्वाइट हाउसले सोमबार बिहान शक्तिशाली सन्देश दिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका पहिलो १०० दिनमा पक्राउ गरिएका “सबैभन्दा खतरनाक अवैध आप्रवासी अपराधीहरू” का १०० वटा प्रचारपर्चा (पोस्टर )ह्वाउट हाफसको बगैंचामा राखिएको छ।
प्रत्येक पर्चाना “पक्राउ गरियो” भनेर ठूलो अक्षरमा लेखिएको छ। त्यसमा अपराधीको मुहार तस्विरसहित “अवैध आप्रवासी” भनेर चिनाइएको छ।
साथै, ती व्यक्तिहरूले गरेका जघन्य अपराधहरू उल्लेख गरिएको छ — जस्तै बलात्कार, हत्या, बालबालिकामाथि यौन दुर्व्यवहार, बालबालिकाको अगाडि अश्लील कार्य, र फेन्टानिल तथा अवैध हतियारको तस्करी।
ह्वाउट हाउसकी छापावसचिव कैरोलिन लेभिटले एक्समा श्रव्यदृश्य)भिडियो ) साझा सेयर गर्दै लेखिन्, “ह्वाइट हाउस घरबाट शुभप्रभात!”
अर्को प्रकाशनमा कडा चेतावनी दिइएको छ ;
“हामी तिमीलाई पत्ता लगाउनेछौं। तिमीले न्यायको सामना गर्नेछौं। तिमीलाई निर्वासित गरिनेछ — र फेरि कहिल्यै अमेरिकी भूमि टेक्न पाउनेछैनौं। अनि तिम्रो तस्विर ह्वाइट हाउसको बगैंचामा पाटीमा पनि हुन सक्छ।”
यो अभियानले राष्ट्रपति डोनाल्ड ट्रम्पको अवैध आप्रवासी अपराधमाथिको कडा नीति र अमेरिकाको सुरक्षामा उनको प्रतिबद्धता स्पष्ट रुपमा देखाउँछ ।
प्रतिक्रिया