अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको चुनावको दिन सामाजिक सञ्जालमार्फत एउटा आश्चर्यजनक प्रस्ताव राखेका छन्। उनले क्यानाडाली नागरिकलाई आफूलाई “निर्वाचित गर्न” र जसबाट क्यानडा अमेरिका अन्तर्गतको ५१ औं राज्य बन्ने छ भन्ने सुझाव दिएका छन् ।
ट्रम्पले यस्तो लेखेका छन् , “त्यो व्यक्तिलाई निर्वाचित गर्नुहोस् जसले तपाईको कर आधा घटाउँछ, तपाईको सैनिक शक्ति निःशुल्क विश्वकै उच्चतम तहमा पुर्याउँछ, तपाईको कार(सवारी साधन), इस्पात ,एल्युमिनियम, काठ, ऊर्जा र अन्य व्यवसायलाई चारगुणा बढाउँछ, त्यो पनि शून्य शुल्क र करमा। तर, क्यानडा हाम्रो प्रिय ५१ औं राज्य बन्नुपर्छ।”
जबसम्म क्यानडा अमेरिकी राज्य बन्दैन तब सम्म अमेरिकाले क्यानडालाई वर्षेनी सयौँ बिलियन डलरको अनुदान दिन अब सक्दैन ,उनले भने ।
एबिसीन्यूजका अनुसार तर यथार्थमा ट्रम्प क्यानाडाली निर्वाचनको मतपत्रमा छैनन्। क्यानडामा १६ दर्ता दलहरू छन्, जसमा लिबरल र कन्जर्भेटिभ(उदारवादी र रुढीबादी) दल प्रमुख छन्।
रुढीबादी नेता पियर पोइलिएभ्रेले ट्रम्पलाई चर्को प्रतिक्रिया दिँदै भने, “क्यानाडाको भविष्य क्यानाडाली जनताले नै निर्णय गर्छन्। हामी कहिल्यै ५१ औं राज्य हुने छैनौं।”
प्रधानमन्त्री मार्क कार्नीले पनि जवाफस्वरूप श्रब्यदृश्य (भिडियो) सन्देश जारी गर्दै भने, “यो क्यानडा हो — र यहाँको निर्णय हामी आफैं गर्छौं।”
ताजा सर्वेक्षणले उदारवादी दललाई सानो अग्रता देखाएको छ। आजै बेलुका ९:३० बजेसम्म मतदान केन्द्रहरू बन्द हुनेछन्। यदि उदारवादी दलले बहुमत जित्यो वा अन्य दलसँग मिलेर सरकार बनायो भने कार्नी प्रधानमन्त्री बन्नेछन्।
प्रतिक्रिया