इलिनोइसको च्याथम शहरमा सोमबार एक सवारी साधन (कार) बिद्यालय समाप्त पछि कार्यक्रम सञ्चालन भइरहेको भवनमा पसेपछि ४ देखि १८ वर्षका चार बालबालिकाको मृत्यु भएको छ।
इलिनोइ राज्य प्रहरीका अनुसार, च्याथमस्थित वाइएनओटि आउटडोर समर एण्ड आफ्टर स्कूल क्याम्प (बहिरङ्ग ग्रीष्मकालीन तथा बिद्यालय पश्च्यातप शिविर) मा ३:२० बजे कार पूर्वी पर्खालबाट ठोक्किँदै भवनमा पसेको थियो।
गाडीले भवन बाहिर रहेका धेरै व्यक्तिलाई ठक्कर दिँदै भवनभित्र छिरेर थप व्यक्तिहरूलाई क्षति पुर्याएको प्रहरीको भनाइ छ। पछि उक्त सवारी साधन(कार) भवनको अर्को पर्खालबाट निस्किएको थियो। धेरै घाइतेहरूलाई अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। चालक दुर्घटनामा नराम्ररी घाइते नभए पनि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ।
इलिनोइका गभर्नर जे.बी. प्रिट्ज्करले घटनाबारे चासो व्यक्त गर्दै स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न सबैलाई आग्रह गरेका छन्। उनले भने, “यस कठिन घडीमा हामी समुदायलाई साथलिएर एकजुट रहनुपर्छ।”
इलिनोइ राज्यकी सिनेटर डोरिस टर्नरले घटनालाई हृदयविदारक भन्दै दुःख व्यक्त गरेकी छिन्। उनले भनिन्, “बिहान आफ्ना छोराछोरीलाई बिद्यालयमा छोड्दा हामी तिनीहरू सुरक्षित घर फर्कने विश्वास गर्छौं। आज केही परिवारका लागि त्यो विश्वास टुट्यो।”
च्याथम, स्प्रिङफिल्डको दक्षिणतर्फ करिब १२ माइल टाढा पर्ने शहर हो। घटनाको अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ।
–
प्रतिक्रिया