यस अगाडि ८ तारिखलाई तोकिएको कार्यक्रम परिमार्जन गरि १५ तारिखलाई सारिएको जानकारी गराईन्छ |
समुदायमा आधारित विभिन्न रचनात्मक कार्यहरुलाई टेवा पु-याउँदै आएको यस नेपाल अमेरिका पत्रकार संघ, नेजाले गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएन अमेरिका) का पदाधिकारीहरुसँग समसामयिक विषय,संस्थाको तर्फबाट भए गरेका प्रगति, सदस्यताको वितरण तथा भावी दिनमा यसको महत्वको वारेमा एक वृहद अन्तक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ । यस अगाडि ८ तारिखलाई तोकिएको कार्यक्रम परिमार्जन गरि १५ तारिखलाई सारिएको जानकारी गराईन्छ |
कार्यक्रममा एनआरएन अमेरिकाको भावी कार्ययोजना तथा आगामी नेतृत्वको विषयमा समेत छलफल हुने जानकारी गराईन्छ । तसर्थ यस अन्तरक्रिया कार्यक्रममा उपस्थितिको लागि विभिन्न पेशा, व्यवसायमा रहनुभएका तथा विभिन्न संघ संस्थामा आ हुनु भएका सबैलाई यसै सूचनामार्फत हार्दिक आमन्त्रण गर्दछौं । साथै सहकर्मी संचारकर्मीहरुलाई पनि यसै सूचना मार्फत आमन्त्रण गर्दछौं |
दुई चरणमा हुने यो कार्यक्रममा नेजाको तर्फवाट मेशिन रिडएवल पासपोर्ट ( एमआरपी) सम्बन्धी आवश्यक जानकारी र छलफल समेत गरिनेछ | यसका लागि नेपाल सरकारका कुटनीतिक प्रतिनिधि समेत सहभागी हुनुहुनेछ | यो कार्यक्रममा एमआरपी फाराम वितरण र आवेदन संकलन समेत गर्नका लागि सहयोग पुग्ने डेस्कको व्यवस्था गरिनेछ | तसर्थ सबैलाई यसै सूचनामार्फत कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्दछौं |
कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन लागेको जानकारी गराईन्छ ।
आयोजक
नेपाल अमेरिका पत्रकार संघ
कार्यक्रम:
मिति: फेब्रुअरी १५, २०१५ , आईतवार
समय : दिउँसो १बजेदेखि साँझ ५:०० बजेसम्म
स्थान: मालिङ्गो रेष्टुरेन्ट 43-16 Queens Boulevard, Sunnyside, NY 11104
भोला आचार्य
महासचिव, नेपाल अमेरिका पत्रकार संघ
प्रतिक्रिया