रोजगारीको शिलसिलामा लाखौ नेपाली अहिले मलेसियामा छन् । पछिल्लो अनुमान अनुसार ७ लाख भन्दा बढी नेपालीले यहां कडा परिश्रम गरिरहेका छन । अन्य मुलुकमा भन्दा कामका लागी धेरै नेपाली यहां आएकाले हाम्रा लागी मलेसिया पहिलो गन्तब्य बन्न पुगेको हो । मलेसियाले नेपाली कामदार लिन थालेको पनि १५ बर्ष पुरा भैसकेको छ । यतीका बर्ष भैकनपनि यहां कार्यरत नेपालीका समस्या भने दिन प्रतिदिन बढ्दै गइरहेको छ । बैदेशिक रोजगार आफैमा एउटा चुनौती पूर्ण क्षेत्र हो । हुन त बैदेशिक रोजगारसंग थ्रि डि जोडीएको हुन्छ । अर्थात १ डेन्जर २ डिफीकल्ट र ३ डर्टी यि तिन कुराको मात्रै होईन मलेसियामा काम गर्ने नेपालीहरुले अरु पनि बिभिन्न समस्याहरुको सामना गर्नु पर्ने बाध्यता छ । अन्य मुलुकमा भन्दा मलेसियामा नेपालीले किन धेरै समस्या झेल्न बाध्य भए । यो प्रश्न सबैको मनमा उब्जने गर्दछ । नेपाल सरकारको एक मात्र निकाय राजदुतावास यहां पनि छ तर राजदुतावाससम्म पुगेर आफ्ना समस्या राख्न सक्ने अबस्था लाखौ नेपालीमा छैन् । राजदुतावास सम्म गुनासो पुगे पनि त्यसको कुनै सुनुवाई हुन नसकेका उदारहण पनि प्रसस्त भेटीएका छन् । बिभिन्न राजनितीक तथा सामाजिक संघ संघठन पनि यहा नभएका होईनन तर पनि समस्यामा परेका कमै नेपालीले मात्र उनीहरुको साथ पाउने गर्छन । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स मलेसियाबाट भित्रीन्छ । राज्य सम्बॣध बनाउन यहा पसिना बगाउने नेपालीको ठुलै हात छ । नेपालीहरु सबै भन्दा धेरै असुरक्षित पनि मलेसियामै छन । कुटपिट र चोरी लुट्पातका लागी मलेसिया प्रशिद्ध छ । अब्यबस्थित अबस्थामा यहां नेपालीहरुले ज्यानको बाजी लगाएर पसिना बगाउन बाध्य छन् । यसै सेरोफेरोमा केन्द्रित रहेर एकीकृत नेकपा माओबादीको मलेसियास्थित भातृ संगठन नेपाली जनप्रगतीशिल मञ्चका अध्यक्ष प्रेम पाण्डेसंग सहकर्मि सुदिप निउरेले कुराकानी गर्नु भएको छ । – प्रवासमा राजनितीक संगठनको भुमिका कत्तिको आबश्यक छ ? आबश्यक छ । किन आबश्यक छ भने । हामी प्रवासमा छौ । मलेसियाको सवालमा लाखौ नेपाली यहां कार्यरत छन् । बिभिन्न खाले समस्यामा उनीहरु परिरहेका हुन्छन । यो भन्दै गर्दा मलेसियामा हामी भयन्कर ठूलो लक्ष्य बोकेर संगठन बिस्तार गरेका हौ भनेर म भन्दिन । हामी स्वयम पनि रोजगारीको शिलसिलामा छौ । मलेसियामा कार्यरत लाखौ नेपालीहरुको समस्या पहिचान कुनै ब्यात्तीले गर्न सम्भब हुने कुरा पनि हैन । यहां आएका सबै नेपालीको पहुच दुतावाससम्म छैन । पहुच भएपनि दुतावासबाट ढिलासुस्ती भएको हुन सक्छ । कुनै एक ब्याक्त्तिको गुनासो राजदुतावासले नसुन्ला या ढिलासुस्ती गर्ला त्यस्का लागी पनि सहयोगीको रुपमा संगठन आबश्यक छ । – मलेसियामा राजनितीक ढंगबाट नेपालीका समस्या समाधान गर्न सम्भब छ ? हाम्रो संगठनले मलेसियाको सरकारसंग या यहांका राजनितीक दलसंग सरोकार राख्ने कुरा होईन । हामी हाम्रा आम नेपाली दाजुभाई दिदीबैनीहरुका समस्याहरुको पहिचान गर्ने र त्यसको समाधानका लागी पहल कदमी गर्ने हो । जुन कुरा आन्तरिक तरिकाले गर्न हामी सक्षम छौ । मात्र यती हो की कस्को समस्या के हो हामी त्यस बिषयमा बहष गर्छौ । मुलत मलेसियामा रहेको हाम्रो एक मात्र सरकारी निकाय नेपाली राजदुतावासको मातहतमै समस्या समाधानको बिकल्प खोज्ने गर्दछौ । त्यस्तै नेपाली राजदुतावासको काम कारवाहीका बारेमा आएका जन गुनासाहरुलाई मध्यनजर गरी राजदुतावासलाई सचेत गराउने र उस्को काम कारवाही चुस्त बनाउने प्रयासमा हामी लागी पर्छौ । – समस्या, गुनासा कत्तिको आउने गर्छन ? गुनासा धेरै नै आउने गर्दछन् । अधिकांश गुनासा भनेको कम्पनिसंग सम्बन्धित भएको पाईन्छ । जस्ले आफ्ना समस्या तथा गुनासाहरुलाई लिएर आउनु हुन्छ , उहांहरुलाई ती समस्याको समाधान कसरी गर्ने भन्नेबारे राय सुझाब हामी दिन्छौ । यद्यपी अहिलेपनि अधिकांश नेपाली राजदुतावाससम्म पुगेर आफ्ना समस्या राख्न सक्ने अबस्थामा छैनन । समस्याको समाधान खोज्ने निकाए भनेको राजदुतावास नै हो । राजदुतावासले ढिला सुस्ती गऱ्यो समस्या समाधान हुन सकेन भने उहांहरुका समस्या जो बास्तबिक पिडीत हुनु हुन्छ उहालाई लिएर हामी फेरी राजदुतावासको ढोका ढक्ढकाउन जान तयार छौ । – मलेसियामा नेपाली संघ संघठन धेरै , काम भने थोरै हुने गरेको देखिन्छ नि ? यो कुरा पनि सहि हो । यहां काम केहि पनि नगर्ने र संस्थाको नाम भंजाएर हल्ला गर्ने परिपाटी पनि छ ।संस्था खोल्नु मात्र ठुलो कुरा होईन काम पनि गरेर देखाउनु पऱ्यो । नेपाली श्रमिकको सवालमा एक शब्दपनि चुईक्क आवाज उठाउन नसक्नेहरु पनि प्रसस्त छन् । आम श्रमिकलाई कमाई खाने भाडो बनाउने प्रबृति पनि ब्यापकरुपमा मौलाई रहेको छ । यि गलत प्रबृतिहरुलाई नजर अन्दाज गरि कारबाहीको दायरामा ल्याउनु पर्छ । जस्ले यहां श्रम गर्न आएका नेपालीलाई केहि पनि गर्न सक्दैन त्यस्ताखाले नाम मात्रका संस्थाको भविश्य पनि हुदैन । फेरी यहां भएका सबै संस्थाले खराब काम गरे भन्न पनि मिल्दैन । काम नगर्नेहरु बिस्तारै बिलाउंदै जान्छन । म उनीहरुलाई के भन्न चाहन्छु भने कमसे कम राजनितीक होस या सामाजिक संस्था स्थापना गरिसकेपछि नेपालीहरुको हितमा केहि गरौ । – मलेसियामा नेपालीबाटै नेपाली पिडीत भए भन्ने कुरा बारबार आउने गर्छ । तपाईलाई के लाग्छ ? यो कुरा पनि गलत होईन । जो मलेसिया आउन शुरु गर्छ उस्लाई घरको दैलोबाट निस्कीएर मलेसिया आए पछि पनि बिभिन्न बहानामा लुट्ने काम जारी हुन्छ । पछिल्लो समय मानविय समबेदना भन्दा रुपया पैसाको भ्यालु बढ्दै गएको हामी सबैले देख्न सक्छौ । यो नितान्त गलत कुरा हो । मलेसियामा पनि यो समस्या बिद्यमान छ । नेपालमा एउटा काम भनिन्छ त्यो काम यहां मिल्दैन । भनेको जती तलब मिल्दैन् । कम्पनि भनेको हुन्छ सप्लाईमा परेको हुन्छ । न बस्ने बासस्थान राम्रो मिल्छ । यी जती पनि कुरा छन् गलत जानकारी दिनेहरु नेपालीनै हुन्छन । त्यती मात्र होईन भोली त्यही नेपाली मलेसियामा अबैधानिक बन्छ , त्यसलाई अर्काे काममा लगाउंदा काम लगाए वापत पैसा लिने अनि घर फर्किन चाहे मोटो रकम असुल्ने पनि नेपाली हुन्छ । त्यसैले नेपालीबाटै नेपाली पिडीत बन्ने क्रम दिन प्रतिदिन बढ्दो छ । यो बिकृतिको अन्त्यको बिकल्प भनेको राज्यले मलेसिया सरकारसंग श्रम संझौता गर्न जरुरी छ । त्यसो भएको खण्डमा मात्र भनेको काम र भनेका दाम मिल्छ नत्र भने यो ठगी प्रक्रिया निरन्तर रहिरहन्छ । – राजदुतावासका काम प्रति किन सन्तुष्ट बन्न सक्दैनन मलेसियामा काम गर्ने नेपालीहरु ? राजदुतावाससंग पनि कुनै जादुको छडी हुदैन । सबै नेपालीका समस्या सुनेर ती सबै समस्याको समाधान तत्काल निकाल्न राजदुतावासलाई पनि सम्भब छैन् । मलेसिया रोजगारीका लागी आउने नेपालीको संख्या धेरै भएकाले समस्या पनि धेरै आउनु स्वभाबिक हो । हामीहरु सधै अरुलाई गाली गर्न तयार छौ आफ्नो तर्फबाट पनि आफुले गर्नु पर्ने जिम्मेवारी के हो त्यो हेक्का राख्दैनौ । खास गरि राजदुतावासको फोन उठ्दैन । राजदुतावासमा परेका उजुरी उपर छानबिन हुदैन । भैहाले पनि ढिला सुस्ती हुन्छ भन्ने गुनासा आई रहन्छन । आएका जनगुनासाहरु सुनेर राजदुतावासले पनि आफ्नो सक्रियतालाई बढाउन जरुरी छ । राजदुतावासले धेरै होईन आफु कहा परेका उजुरी उपर अध्ययन गरेर खराब कम्पनिहरु कुन कुन हुन पहिचान गरि त्यस कम्पनिलाई कामदार दिन बन्द गर्ने हो भने पनि धेरै समस्या त्यहीबाट समाधान हुन्छ । – मलेसियालाई सुरक्षित बैदेशिक रोजगारको गन्तब्य बनाउन अब राज्यको निती कस्तो हुनुपर्ला ? पहिलो कुरा त मलेसियासंग श्रम सम्झौता गर्नु पऱ्यो । नेपाल सरकारले घोषणा गरेको फ्री भिसा फ्री टिकट पुर्ण रुपमा लागु गर्नु पर्यो । अदक्ष कामदार पठाउन बन्द गर्नु पर्यो । बिना सीपको मान्छे पठाउनु भनेको जोखीम मोल्नु हो । मलेसिया आउने अधिकांश नेपालीले पनि म के कामको लागी जांदै छु । कस्तो काम गर्न जांदै छु , भन्ने कुरा राम्रोसंग बुझ्न जरुरी छ । दलालले भनेको भरमा दौडी हाल्ने होईन । कामको बारेमा राम्रो संग बुझेर आउंने । बिना सिप होईन कुनै सिप सिकेर आउने । अभिमुखीकरण तालीम लिने । घर परिवारले पनि आफ्नो परिवारको सदस्य के कामको लागी जांदैछ । कति तलबमा जादै छ , उ संग त्यसबारेमा कत्तीको ज्ञानसीप छ भन्ने कुरा राम्रोसंग बुझ्ने हो भने मलेसिया आईसके पछि दुख पाउनु पर्दैन । वल्तीर पल्तिर छरछिमेकीले बिदेश पुगेर पैसा कमाएको देखेर लोभ्भीने होईन । सीप सिकौ र मलेसिया आउं सीपले न बैदेसिक रोजगारलाई सुरक्षित बनाउछ ।
प्रतिक्रिया