निर्वाचन समितिद्वारा एकता समाजको निर्वाचन कार्यतालिका प्रकाशन

इनेप्लिज २०७२ माघ २८ गते ५:३० मा प्रकाशित

ekata samajनिर्वाचन समितिद्वारा एकता समाजको निर्वाचन कार्यतालिका प्रकाशन
लस एन्जल्स, १० फेब्रुवरी / नेपाल अमेरिका एकता समाजले आगामी भावी नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका प्रकाशन गरेकोछ | निर्वाचन समितिकासंयोजक शान्तिराम ढकालले उपलब्ध गराएको जानकारी अनुसार उम्मेदवारी आवेदन एवं दर्ता – फेब्रुअरी १० ,२०१६ देखि फेब्रुअरी १४ , २०१६ बेलुकी ९.०० बजे सम्म, उम्मेदवारी दर्ता नामावली प्रकाशन -फेब्रुअरी १५, २०१६, उम्मेदवारी दर्ता दाबी विरोध – फेब्रुअरी १६ ,२०१६ बेलुकी ४.३० सम्म, उम्मेदवारी अन्तिम नामावली प्रकाशन- फेब्रुअरी १७ , २०१६ र निर्वाचन -फेब्रुअरी २१ , २०१६ मा संस्थाको अधिवेशनको दिनमा गर्नलागेकोछ|
आजबाट उम्मेदवारी दर्ता प्रक्रिया खुल्ला भएतापनि हाल सम्म कसैको उम्मेदवारी परेको छैन |

प्रतिक्रिया