नेपाल सहकारी संघ युएईले नेपालमा ज्ञापनपत्र बुझायो

इनेप्लिज २०७२ फागुन १८ गते २०:५० मा प्रकाशित

प्रवासमा दिनानुदिन सहकारिको स्थापना हुने लहर चलिरहेको र यस्लाई ब्यवस्थित गर्नको लागि कठिनाइ भैरहेको अवस्थालाई मध्यनजर गर्दै युएईमा बिभिन्न उदेश्यमा खुलेका सहकारिको सहजिकरण गर्दै दिर्घकालिन ठोस योजना सहित अघि बढ्ने उदेश्यले युएईमा रहेका १५ ओटा भन्दा बढी बचत तथा ऋण समुहको छाता सङ्गठनका रुपमा २५ सेप्टेम्बर २०१५ मा “नेपाल सहकारी संघ युएई” स्थापना गरिएको हो ।

sahakari sangh uae

स्थापना पश्चात छरिएर रहेको बचत सङ्कलनलाई व्यवस्थित गर्ने र दीर्घकालीन लगानीमा प्रोत्साहन गर्ने, बचतकर्तालाई सहकारी सम्बन्धि ज्ञान प्रदानगर्ने जस्ता योजनाका साथ अघी बढीरहेको नेपाल सहकारी संघ युएईको तर्फ बाट  सह-सयोजक सुत्रमणि  दुमी  राई तथा प्रवासी हातेमालो बचत तथा ऋण सहकारी सस्थाका  निबर्तमान अध्यक्ष रामकुमार चाम्लिङले  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सस्थाका अध्यक्ष, कार्यकारी प्रमुख सहितको समुपस्थितिमा प्रबासमा गठित सहकारीहरुलाई  व्यवस्थितरुपमा लगानी गर्न अभिप्रेरित गर्न नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको सहयोगको जिज्ञासा राखेका छन।

sahakri uae

प्रवासमा रहेका सहकारीलाई ब्यवस्थित गर्नको लागि कठिनाइ भैरहेको अवस्थालाई मध्यनजर गर्दै सबै बचत समुहहरुलाई  सहकारीको एउटै छातामुनी संगठित गर्ने र सबै बचत सस्थाको  समान उदेश्य बनाउदै  यसको दिर्घकालिन ठोस सहकारी नीति अन्तर्गत बचतमा प्रोत्साहन गर्न तथा बिशेष लगानीको योजना सहित प्रबासमा स्थापित नेपाल सहकारी संघ युएईले  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारीको कार्यालयमा पुगी सहकार्य, सहजता र दीघकालीन योजनामा सहयोग गर्न र सहकारी ऐन मार्फत सबै बचतकर्ताको लगानीलाई  सुरक्षितरूपमा लगानी गर्न पहल गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारीका अध्यक्ष श्री ऋषिराज घिमिरे, कार्यकारी प्रमुख  शिबजी सापकोटा , महासचिव पारितोश पौडेल  र आइ टि डिपार्टका प्राबिधिक राजन सुवेदी र लभ सुन्दर श्रेस्ठको समूपस्थितिमा ज्ञापनपत्र बुझाएको छ ।

उक्त ज्ञापनपत्र पछी प्रवासमा सन्चालन भएको सहकारी र यस्को भविश्य माथी समसामयिक बिषयमा छ्लफल गर्दै  प्रवासमा सन्चालन भएका सहकारीहरुलाई सस्थागत गर्न र अन्य सस्थाहरुलाइ पनि आवश्यक पर्ने सहयोग गर्न केन्द्रीय सहकारी संघ तयार रहेको संघका अध्यक्ष ऋषि राज घिमिरेले बताउनु भयो ।

 

प्रतिक्रिया