नेपाल पर्यटनको लागि सुरक्षित छ भन्दै स्विटजरल्याण्डमा “स्नो फन” कार्यक्रम

इनेप्लिज २०७२ फागुन २३ गते १:२० मा प्रकाशित

unnamed

२७ फेब्रुअरी शनिवारका दिन स्विटजरल्याण्डको पर्यटकीय ठाउं कान्तोन ओववाल्देन स्थित मेल्से फ्रुटमा “स्नो फन” कार्यक्रम सम्पन्न भएको छ । स्विटजरल्याण्ड बसोबास गर्ने समाजसेवी तथा पर्यटन ब्यबसायी तेन्जिंग शेर्पा र कमल भट्टको संयुक्त पहलमा नेपालका लागि स्विटजरल्याण्डमा पर्यटन प्रबर्धनका साथै “स्नो फन” कार्यक्रम गरिएको आयोजकले बताए |

जाडो याममा समुन्द्री सतहबाट १०८० देखि २२५५ मिटरको उचाई सम्म रहेको डाडाहरुमा स्की पर्यटनको लागि प्रसिद्द रहेको र यो सिजनमा उक्त ठाउमा प्रशस्त पर्यटकहरु आउने हुनाले कार्यक्रमको लागि उक्त ठाउं रोजिएको थियो |

स्विटजरल्याण्डको पर्यटकीय क्षेत्र तथा स्कीजोन(हिउ खेल्ने ठाउ) मेल्से फ्रुटमा आयोजना भएको उक्त कार्यक्रममा स्विसबासी नेपालीहरु लगाएत नेपाल प्रेमी बिदेशीहरुको उल्लेखनीय उपस्थित रहेको थियो । “NEPAL IS STILL ALIVE AND SAFE FOR TOURISM “ भन्ने ब्यानर र नेपाली झण्डा सहित गरिएको उक्त कार्यक्रमको मुख्य उध्यश्य भनेको महाभूकम्प पश्चात बाहिरि जगतमा नेपाल पर्यटनको लागि सुरक्षित नभएको र धेरै पौराणिक पर्बाधारहरु नस्ट भएको भन्ने भ्रम चिर्नु हो भन्दै “नेपाल अझै जीवित छ र पर्यटनको लागि अझै सुरक्षित छ” भनेर बिदेशीहरुलाइ चिनाउनु रहेको थियो |

12767502 10206239847739710 484261841 n-2

कार्यक्रममा सहभागीहरुले ८ किलोमिटर दुरी हात हातमा नेपाली झण्डा र ब्यानर बोकेर हिउँको बाटोमा चिप्लेटी खेलेका थिए भने कार्यक्रम को पछिल्लो चरणमा नेपाली झण्डा र ब्यानर बोकी आ आफ्नो इच्छा अनुसार हिउ चिप्लेटी,स्नो बोर्ड र स्की खेलेका थिए |

आयोजकका अनुसार यो कार्यक्रम सुरुवात मात्र भएको भन्दै नेपालको पर्यटन प्रबर्धनको लागि यस्ता कार्यक्रमहरु लिएर अब आफुहरु स्विटजरल्याण्डको कुना कुनामा पुग्ने बताएका छन् |

त्यसै गरि आउँदो कार्यक्रम बुद्द जयन्तिको दिन पारेर मे २१ तारिख शनिवारका दिनमा राजधानी बर्नको स्विस संसद भवन अगाडी गर्न लागिएको कुरा आयोजकले उक्त स्कि फन कार्यक्रममा घोषणा गरेका छन् |

प्रतिक्रिया