प्रेस वक्तव्य
नारी हित कल्याण कोषको निरन्तरता
विश्वभरि छरिएर रहेका नेपाली भाषीहरूलाई भाषा, साहित्य, संस्कृति र शिक्षाको माध्यमबाट एकै सूत्रमा बाँधी उनीहरूको शैक्षिक उत्थानमा एक शसक्त अभियानको थालनी गर्ने उद्देश्यका साथ स्थापना भएको बौद्धिक संसार शैक्षिक प्रतिष्ठानले सन् २०१२ बाट संयुक्त राज्यअमेरिकाको लस एन्जलस क्षेत्रलाई आधार बनाएर पुस्तकालय व्यवस्थापन, छात्रवृति वितरण तथा नेपाली भाषामा छापा पत्रिका प्रकाशन गरिरहेको कुरा विदितै छ ।
प्रतिष्ठानले लस एन्जलस काउन्टी अन्तर्गत आर्टेशिया सामुदायिक पुस्तकालय, मेरिल्याण्ड स्थित नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र तथा लस एन्जलसको नर्वाल्क शहरमा अवस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा गरी तिन स्थानमा नेपाली भाषाका तथा नेपाल सम्बन्धी अँग्रेजी भाषाका पुस्तकहरू पुस्तकालयमा उपलब्ध गराइ सकेको र अमेरिकाका अन्य स्थानहरूमा पुस्तकालय विस्तार गर्ने पहल भइरहेको छ । प्रतिष्ठानले घर आँगन जेहनदार छात्रवृति कार्यक्रम अन्तर्गत नेपालको दुर्गम जिल्ला संखुवासभाका तीनवटा विद्यालयहरूमा २२ जना विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति संख्या वृद्धिको क्रममा छ । त्यसैगरी प्रतिष्ठानले नेपाली भाषामा समुदाय नामक नेपाली छापा मासिक पत्रिका विगत चार वर्षदेखि निरन्तर रूपमा प्रकाशन गरी अमेरिकाका १८ वटा राज्यका ७०० ग्राहकहरूमा निःशुल्क वितरण गर्दै आएको छ ।
प्रतिष्ठानले आफ्नो लक्ष्य अनुरूप कार्यक्रमहरू विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय नारी दिवस २०१५ को अवसर पारेर नारी हित कल्याण कोषको स्थापना गरिसकेको छ । समाजमा बढ्दै गएको तडक भडकमा खर्च हुने रकमलाई महिला हक, हित र कल्याणका विविध क्षेत्रमा खर्च गर्न सके उनीहरूको जीवनस्तर वृद्धिमा केही हदसम्म भए पनि सहयोग पुग्ने ठानी यस कल्याण कोषको स्थापना गरिएको हो ।
यस कल्याण कोषको वृद्धिका लागि विविध क्षेत्रका व्यक्तित्वहरूबाट आर्थिक सहभागीता जनाउने वचन प्राप्त भएका छन् । यसलाइ यस वर्ष २०१६ का साथै आगामी वर्षमा पनि निरन्तर अगाडि बढाउने लक्ष्य राखिएको छ ।
प्रतिष्ठानको तर्फबाट १०१ डलरबाट शुरू गरिएको कोषमा हाललाई निम्न महानुभावहरू बाट सहयोग रकम प्राप्त भएको छ । यो सूचीमा थप नामावलीहरू प्रतिष्ठानको फेसवुक पेज तथा वेबसाइट मार्फत अद्यावधिक गरिँदै आइएको छ ।
१) सुनन्दा थापा
२) प्रमिला राइ
३) गुण देवी लामिछाने
४) हीमा खनाल
५) रीता मिश्र
६) सुर्जा श्रेष्ठ
७) देवी श्रेष्ठ
८) बृन्दा श्रेष्ठ गुरागाइँ
९) चन्द्रकला मिश्र
१०) सुजाता भट्टराई
११) राधिका थापा
१२) शारदा ढकाल
१३) सपना चाकुवाजी
१४) लक्ष्मी पन्त
१५) प्रियंका घिमिरे
१६) बिमला भेटवाल
१७) सुनयन थापा
१८) तुलसा सुवेदी
१९) चुना थापा
२०) तुलसा सिग्देल
२१) सुस्मिता लिम्वु
२२) गीता विमली
२३) तुलसा कोइराला
२४) निरजा ढुंगाना
२५) रेणु पाठक
२६) भवानी पाण्डे
२७) विन्दु वस्नेत
२८) नरमाया वाँसकोटा
प्रतिष्ठानले हालसम्म गर्दै आएको विभिन्न कार्यक्रमहरूमा सहभागीता जनाउनु हुने सबै महानुभावहरूमा आभार प्रकट गर्दै यस कार्यमा पनि यहाँहरूको उल्लेख्य सहभागिताको प्रतिष्ठानले अपेक्षा राखेको छ ।
धन्यवाद !
मितिः मार्च ७, २०१६
प्रतिक्रिया