काठमाडौ । ‘मोडल हन्ट नेपाल २०१६’का लागि ३५ युवती तथा ३० युवा छनौट भएका छन् । राजधानीमा आयोजित बिभिन्न चरणको अडिसनबाट प्रतियोगी छनौट भएका हुन् ।
देशभरबाट दश हजारबढी प्रतियोगी अडिसनमा सहभागी थिए । शनिबार आयोजित छनौट चरणको अन्तिम अडिसन पछि ३० युवा र ३५ युवती अन्तिम प्रतिस्पर्धाका लागि फाइनल भएको आयोजकले सार्वजनिक गरेको हो ।
कोरियोग्राफर रोजिन शाक्य, मोडल हन्ट नेपाल २०१५ बिजेता समिर कुवर रानालगायत अडिसनको निर्णायकमा रहेका थिए । छानिएका प्रतियोगीलाई अब फाइनल प्रतिस्पर्धाका लागि बिभिन्न प्रशिक्षणमा सहभगी गराइने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित यो सौन्दर्य प्रतियोगिता गत वर्षबाट नेपालमा पनि सुरु भएको हो ।
युवा युवतीको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता लाभदायक हुने नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले
प्रतिक्रिया